काठमाडौं । साविक विजेता तथा जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा आज लाजियोसँग भिड्दै छ ।
बायर्नको घरेलु मैदानमा हुने खेल राति १:४५ बजे शुरु हुनेछ ।
घरेलु मैदानमा आज बायर्न सहज जितको खोजीमा हुनेछ । बायर्न लाजियोलाई सहजै पराजित गर्दै क्वाटरफाइनलमा पुग्न चाहन्छ ।
पहिलो लगेमा बायर्नले ४-१ को जित निकालेको थियो ।
घरेलु मैदानमा साँघुरो हार र बराबरीले समेत बायर्न अन्तिम आठमा पुग्ने छ ।
लाजियोलाई भने फराकिलो जित बाहेक अन्य विकल्प रहेको छैन ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया