नेप्सेले माग्यो निफ्रासँग स्पष्टिकरण

लोकपथ
0
Shares

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज (नेप्से)ले नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा ) लाई स्पष्टिकरण सोधेको छ । निफ्राले धितोपत्र बजारमा मूल्य प्रभाव पार्ने गरी समाचार बाहिरीएको भन्दै नेप्सेले स्पष्टिकरण माग गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले केहि दिन अघि एक कार्यक्रममा बैंकले ३० मिलियन डलरको बन्ड ल्याउने तयारी भइरहेको बताएका थिए । उनले चालु आर्थिक वर्ष भित्रै लण्डन स्टक एक्चेञ्जमा सूचीकृत गर्ने तयारी भइरहेको समेत जानकारी दिएका थिए ।

त्यसले धितोपत्र बजार प्रभावित बनाएको भन्दै नेप्सेले स्पष्टिकरण सोधेको हो । सो समाचार के कति मात्रामा सत्य हो ? निफ्राले रणनीतिक साझेदार भित्राउने विषयमा कोसंग कस्तो छलफल भइरहेको छ ? कम्पनीले बैंक तथा वित्तीय संस्था र इन्स्योरेन्स कम्पनीहरुले खरिद गर्ने भनिएको बण्डको सम्बन्धमा के कति मात्रमा छलफल अघि बढाएको हो भन्ने लगायतका विषमा नेप्सेले स्पष्टिकरण सोधेको हो । नेप्सेले ३ दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?