मूल्य वृद्धि घट्यो : उपभोक्तालाई राहत !

लोकपथ
0
Shares

काठमाडौँ – समग्र खाद्य तथा गैर–खाद्य वस्तुहरुको मूल्य वृद्धि घटेको देखिएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महिना (माघ) सम्मको वर्तमान आर्थिक अवस्थाले मुलुकमा मूल्य वृद्धि घटेको देखिएको हो ।

राष्ट्र बैंकका अनुसार माघमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २७० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.८७ प्रतिशत रहेको थियो ।

यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.०२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.४४ प्रतिशत रहेको छ ।

गत वर्षको माघको तुलनामा यस वर्षको माघमा फलफूल, घ्यू तथा तेल, दाल तथा गेडागुडी र सुर्तिजन्य वस्तुहरु उपसमुहको मूल्यवृद्धि क्रमशः १८.८४ प्रतिशत, १८.१४ प्रतिशत, १०.४१ प्रतिशत र १०.४१ प्रतिशत रहेको छ ।

यस अवधीमा सबैभन्दा बढी मूल्य वृद्धि पहाडमा भएको छ । यस अवधीमा पहाडी क्षेत्रमा ३.३० प्रतिशतले मूल्य वृद्धि भएको छ । सबैभन्दा कम मूल्य वृद्धि हिमाली क्षेत्रमा रहेको छ । यस क्षेत्रमा २.०५ प्रतिशतले भएको छ ।

त्यस्तै काठमाडौं उपत्यकामा २.१२ प्रतिशत, तराईमा २.७८ प्रतिशत मूल्य वृद्धि भएको छ । गत वर्षको माघमा यी क्षेत्रहरुमा क्रमशः ७.५८ प्रतिशत, ७.२९ प्रतिशत, ५.४६ प्रतिशत र ५.२८ प्रतिशत मूल्य रहेको थियो ।

माघमा महिना वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.१२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.१३ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार यस अवधीमा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ८.४१ प्रतिशत, ५.३३ प्रतिशत र ३.३९ प्रतिशत रहेको छ । त्यस्तै,निर्माण सामग्रीको थोक मूल्यवृद्धि ६.२५ प्रतिशत रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?