काठमाडौं । माछापुच्छ्रे बैंकले बाँके जिल्लाको नेपालगञ्जमै पहिलोपटक औपचारिक कार्यक्रम गरेर एकैदिन ४ स्थानमा क्यू आर कोड सेवा शूरुवात गरेको छ ।
बाँके जिल्लालाई स्मार्ट बनाउने उद्देश्यले एकै दिन नेपालगञ्जमा रहेको सनराईज यातायात, नेपालगञ्जकै न्यूरोडमा रहेको हङकङ बजार तथा रानी तलाउमा रहेको कृषि उपज बजार समिति र कोहलपुरमा रहेको कृषि बजार व्यवस्थापन समिति अन्तर्गत संचालनमा रहेका तरकारी तथा फलफुल पसलहरुमा क्यू आर कोड हस्तान्तरण गरेको बैंकले जनाएको हो ।
आज (बुधवार) आयोजित छुट्टाछुटै अपौचारिक कार्यक्रममार्फत नेपाल राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक गोविन्द प्रसाद नागिलाले ति स्थानमा क्यू आर कोड सेवाको शुरुवात गरेका हुन् ।
उक्त क्यू आर कोड सेवा शुरु भएसँगै नेपालगञ्जबाट दांग, धनगढि, बर्दिया रुटमा चल्ने सनराईज यातायातमा यात्रा गर्ने यात्रुले आफूले तिर्नुपर्ने गाडी भाडा क्यू आर कोड प्रयोग गरि सिधै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सकिने बैंकले जनाएको छ । नेपालगञ्ज कै न्यूरोडमा रहेको हङ्गकङ्गबजार, रानीतलाउमा रहेको कृषि उपज बजार तथा कोहलपुरमा रहेको कृषि बजारमा आफुले खरिद गरेका दैनिक उपभोग्य बस्तु जस्तै तरकारी, फलफुलतथा लत्ताकपडाहरुको रकम समेत क्यू आर कोडबाट भुक्तानी गर्न सकिने बैंक को दावी छ ।
आफुले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैंक खाता मार्फत डिजिटल्ली भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको बिकास हुने, व्यापारीलाई हरेक दिन आफुले गरेको व्यापारबाट आएको पैसा जम्मागर्न बैंक सम्म जानु नपर्ने लगायतका थुपै्र सुविधाहरुको कारणले गर्दा क्यू आर कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमाआर्कषण बढ्दै गएको छ । यहि कुरालाई मध्यनजर गर्दै पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रमक रुपमा यो सेवा प्रदान गर्दै आएको बैंकको दाबी छ ।
स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहक माझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलो पटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको जानकारी दिएको छ । अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाताएंव मुद्धती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमाझ ल्याइसकेको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया