काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको टिकट मूल्य तोकेको छ । एन्फाले बिहीवार पत्रकार सम्मेलन गर्दै नेपाल, बंगलादेश र किर्गिस्तानले खेल्ने प्रतियोगिताको टिकट मूल्य तोकेको हो ।
एन्फाले यस पटक टिकट मूल्यमा वृद्धि गरेको छ । एन्फाले सामान्यतर्फ ७ सय र भीआईपीतर्फ १५ सय टिकट दर राखेको छ ।
दशरथ रंगशालामा हुने प्रतियोगिता चैत ९ देखि १७ (मार्च २२ देखि ३०) सम्म हुनेछ । एन्फाले सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ ।
नेपाल र किर्गिस्तानबीचको खेल मार्च २५ गते हुनेछ । किर्गिस्तानको यू-२३ टिम हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया