त्रिदेशीय फुटबल प्रतियोगिता रंगशालामै हेर्न पाइने

लोकपथ
0
Shares

काठमाडौं । नेपाल, बंगलादेश र किर्गिस्तानबीचको त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा दर्शकले हेर्न पाउने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीवार पत्रकार सम्मेलन गर्दै त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा दर्शकलाई रंगशाला प्रवेशको अनुमति दिईने जनाएको छ ।

तर, कोरोनाको महामारीलाई मध्येनजर गर्दै १२ हजार दर्शकलाई मात्र मैदान प्रवेशको अनुमति हुने एन्फाले जनाएको छ ।

दशरथ रंगशालाको क्षमता १५ हजार रहेको छ । एन्फाले प्रतियोगिताको टिकट मूल्य सामान्यतर्फ ७ सय र भीआईपीतर्फ १५ सय तोकेको छ ।

दशरथ रंगशालामा हुने प्रतियोगिता चैत ९ देखि १७ (मार्च २२ देखि ३०) सम्म हुनेछ ।

नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ । नेपाल र किर्गिस्तानबीचको खेल मार्च २५ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?