तुलसीपुर पुगेर कांग्रेस नेता पौडेलले भने, ‘खेत रह्यो भने बाली अर्को सालमा पनि आउँछ’

लोकपथ
0
Shares

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता भन्दा व्यवस्था ठूलो भएकोले व्यवस्था बचाउने कुरा प्रमुख भएको भन्दै नेतृत्वलाई गम्भीर बन्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस दाङले लोकतान्त्रीक आन्दोलनका योद्धा लोकमणी गिरीको १३ औं दिनको पुण्यतिथिमा तुलसीपुरमा आयोजना गरेको श्रद्धान्जलीसभालाई सम्बोधन गर्दै उनले भने, ‘अहिले व्यवस्था बचाउने सवाल छ । सत्ता भन्दा व्यवस्थालाई महत्व दिनुपर्छ ।’

उनले संविधानको रक्षा र विधिको शासनका लागि व्यवस्था बचाउन कांग्रेस लाग्नुपर्ने बताए ।

उनले थपे, ‘खेत रह्यो भने बाली अर्को सालमा पनि आउँछ। भनाईको तात्पर्य भनेको पहिला व्यवस्था बचाउनु पर्छ ।’

नेता पौडेलले स्पष्ट दृष्टिकोण नहुँदा कांग्रेस अन्यौलग्रस्त अवस्थामा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?