काठमाडौं । सुनसरीको ईनरुवा नगरपालिका ४ स्थित बसचोकबाट चैत्र ४ गते सशस्त्र प्रहरीको टोलीले २८ सय वटा ट्रमापोल हाईड्रोक्लोराईड क्याप्सुलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको धरान उपमहानगरपालिका ८ बस्ने २९ वर्षिय अजय श्रेष्ठ र ३० वर्षिय निपेन श्रेष्ठ छन् ।
को ५ प ७६४७ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण सुनसरीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।
त्यसवेला एपीएफ टोलीले उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया