काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशक समितिले नेपाल–भारत बस सेवा सञ्चालनका लागि अनुमति दिन मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । दुई मुलुकबीचको सिधा बस सेवा गत वर्ष चैत ११ गते लकडाउन गरेपछि रोकिएको थियो।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बिहीबार बसेको बैंठकले कोभिड–१९ का कारण रोकिएका सम्पूर्ण क्षेत्र पूर्ववत् रूपमा सञ्चालन भइसकेकाले अब नेपाल–भारत यातायातलाई मात्र रोक्नुको औचित्य नरहेको निष्कर्ष निकाल्दै खुला गर्न सिफारिस गरेको खबर कान्तिपुरमा छापिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया