काठमाडौं- सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आजबाट सर्वसाधारणका लागि आईपीओ बिक्री गर्ने भएको छ । पहिलो चरणमा आयोजना प्रभावित दोलखाका स्थानीयलाई आईपीओ बिक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ बिक्री गर्न लागेको हो ।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २९ लाख कित्ता साधारण सेयर बिक्री खुला गर्न लागेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीको लागि सुरक्षित गरिएको छ । बाँकी रहेको २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी १ अर्ब ४५ करोडको १० प्रतिशत स्थानीय आयोजना प्रभावित र २० प्रतिशत सर्वसाधारणको लागि बिक्री गर्ने अनुमति पाएको थियो । जसअनुसार कम्पनीले यसअघि नै आयोजना प्रभावित क्षेत्र दोलाखाको बिगु र कालिञ्चोक गाउँपालिकाका स्थानीयको लागि सेयर बिक्री गरेको थियो । मेगा क्यापिटल मार्केट लिमिटेड बिक्री प्रबन्धक रहेको कम्पनीको आईपीओमा सर्वसाधारणले छिटोमा चैत १० गतेसम्म आवेदन दिन सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया