एजेन्सी- उत्तर कोरियाका किम यो जोङले अमेरिकासँग यथास्थितिमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । साथै वार्ताका लागि अमेरिकाले गरेका सबै प्रयासहरुलाई असफल पार्ने उत्तर कोरियाले चेतावनी समेत दिएको छ । तर अमेरिकाले भने उत्तरको सो कदमलाई शत्रुतापूर्ण नीति भएको टिप्पणी गरेको छ ।उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनीले अमेरिकाको आलोचना गरेलगत्तै उत्तर कोरियाको यस्तो प्रतिक्रिया आएको हो ।
किमकी बहिनी किम यो जोङले आफ्नो मुलुकप्रतिको नीति सार्वजनिक गर्न अमेरिकासँग माग गर्नुभएको थियो । उहाँले अमेरिकाले सम्बन्ध सुधार भन्दा पनि विग्रह ल्याउने भूमिका खेलेको जोङको आरोप थियो ।
अमेरिकाले दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यास गरेर आफ्नो देशमाथि हमलाको प्रयास गरेको आरोप उनको थियो । यता अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले भने उत्तर कोरियामाथि कुटनीतिक दवाव जारी राख्ने बताउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया