२४ हजार घुस लिने मालपोत अधिकृत ख्तियारको फन्दामा

लोकपथ
0
Shares

कञ्चनपुर- मालपोत कार्यालयका एक अधिकृत घुस लिदै गर्दै गर्दा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरको टोलीले मालपोत अधिकृत लोकराज जोशीलाई बिहीबार २४ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

सेवाग्राहीबाट २४ हजार नगद लिइरहेको अवस्थामा जोशीलाई मालपोत कार्यालय नजिकैको रहेको एक होटलबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जनाएको छ ।

जग्गाको अंशबण्डामा सहजिकरण गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिँदै गर्दा अधिकृत जोशी अख्तियारको फन्दामा परेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?