काठमाडौं- नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कम्युनिष्टहरूलाई मार्क्सको दर्शन भन्दै नयाँ ध्रुवीकरणमा लाग्न सुझाव दिएका छन् । मार्क्सवादी दर्शनले पुरानोको ध्वंसबिना नयाँ निर्माण नहुने बताएको भन्दै नेता भट्टराईले अब नयाँ ध्रुवीकरणमा लाग्न सुझाव दिएका हुन् । उनले अब नेकपाको लागि लड्नुभन्दा नयाँ ध्रुवीकरणमा लाग्नुपर्ने उनको मत छ ।
नेकपाको अन्तरध्वंस नयाँ समाजवादी शक्ति निर्माणको लागि आधार बन्न सक्ने डा भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । अहिलेको आवश्यकता अनुसार अब समाजवादी ध्रुवीकरणमा लाग्नुपर्ने उनले बताए ।
नेता भट्टराईले फुटेका हाँडीका टुक्राहरूको डम्फु बजाउनु अथवा तिनलाई टेपले टाँसेर पुरानै हाँडी बनाउने मिथ्या कोसिस गर्नुको सट्टा नयाँ समाजवादी ध्रुवीकरण तिर लाग्ने हो कि भन्दै नेताहरुलाई प्रश्न गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया