कांग्रेस नेता जोशीको उपचारका लागि सरकारले १० लाख सहयोग गर्ने

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । गत फागुन १४ गतेदेखि मष्तिष्कघात भई थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत जोशीलाई सरकारले १० लाख सहयोग गर्ने भएको हो ।

आज (शुक्रवार) बिहान उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उपचारारत जोशीका परिवारका सदस्यलाई भेटी सरकारले सहयोग गर्ने बारे जानकारी दिएका हुन् । मन्त्री पोखरेलले जोशीको पछिल्लो स्वास्थ्यअवस्थाका बारेमा उपचारमा संलग्न चिकित्सकहरुसँग जानकारीसमेत लिएका थिए ।

फागुन १३ गते राती स्वास्थ्यमा समस्या भएपछि जोशीलाई वीर अस्पतालमा परिक्षण गर्दा मस्तिष्कमा रगत जमेको देखिएको थियो । वीरले नर्भिकलाई रेफर गरेपछि १४ गतेदेखि जोशीको त्यहाँ उपचार भइरहेको छ ।

केही दिनको उपचारपछि जोशीको अवस्थामा सुधार आएको थियो । त्यसको केही दिनपछि स्वास्थ्यमा समस्या आएपछि भेन्टिलेटरमै राखेर उपचार जारी छ । उनको अहिलेको अवस्था गम्भीर रहेको र उनी कोमामा रहेका उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा। राजीव झाले जानकारी दिएका छन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?