काठमाडौं । काठमाडौंको चाल्नाखेल जंगलमा भेटिएका दुवै शवको पहिचान खुलेको छ । मृत्यु हुनेमा नुवाकोटका १६ वर्षीय अर्जुन खड्का र काभ्रेपलाञ्चोकका १७ वर्षीय मंगल तामाङ रहेका महानगरीय प्रहरी परिसरका एसपी रमेशकुमार बस्नेतले लोकपथलाइ बताए ।
अर्जुनको सनाखत गर्नका लागि उनका दाजु घटनास्थलमा पुगेका छन् । बाङ्गेमुडामा बस्दै आएका उनीहरु हिजो खाना खाएर साथीको घर ललितपुर जाने भन्दै हिँडेका थिए ।
घटनास्थलमा प्रहरीले दुईवटा विषादीको बट्टा पनि भेटेका कारण आत्महत्या हुनसक्ने प्रारम्भिक अनुमान छ ।
‘घटनास्थलबाट विषका बट्टाहरू फेला पारेका छन् हत्या वा आत्महत्या के हो भनिहाल्न सक्ने अवस्था छैन ।’ एसपी बस्नेतले बताए ।
यो पनि : काठमाडौंको चाल्नाखेलमा दुई वटा शव फेला, घटनास्थलमा भेटियो विषको बट्टा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया