दाङमा थारु भाषाको पाठ्यक्रम लागू गरिने

देउखुरी । दाङका दश स्थानीय तह आउँदो शैक्षिक सत्र २०७८ देखि स्थानीय पाठ्यक्रम निर्माण गरी आआफ्ना पालिकामा लागू गर्ने तयारीमा जुटेका छन् । जिल्लामा थारु भाषालाई पहिलो प्राथमिकतामा राखेर पाठ्यक्रम लागू गर्न थालिएको छ ।

अहिले कक्षा १ देखि ३ कक्षासम्मको थारु भाषाको पाठ्यक्रम तयार पारिएको छ । अब पाठ्यक्रम बनाउने काम चलिरहेको छ । घोराही उपमहानगरपालिकाले थारु भाषालाई सरकारी कामकाजको भाषाका रुपमा लागू गरिसकेको छ ।

जिल्लाका सबै पालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्न थालेको जिल्ला शिक्षा एकाइ तथा समन्वय समितिका प्रमुख देवमणि चौधरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?