काठमाडौं । पर्याप्त पानीको अभावका कारण बालबालिकामा कुपोषण र रोगको जोखिम बढेको संयुक्त राष्ट्रसङ्घ बालकोष युनिसेफले जनाएको छ । विश्वका ८० भन्दा धेरै देशका बालबालिकाले पर्याप्त पानी पाउन सकेका छैनन् ।
विश्वमा हरेक पाँचमध्ये एक बच्चामा पानीको अभाव रहेको पाइएको छ । झण्डै ४५ करोड बालबालिकासहित एक अर्ब ४२ करोड मानिसमा पानीको उच्च अभाव रहेको युनिसेफले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
पाँच बालबालिकामध्ये एक जनालाई दैनिक आवश्यकता पूरा गर्नेगरी पानीको अभाव रहेको युनिसेफको रिपोर्टले देखाएको छ । तुलनात्मक रुपमा पूर्वी र दक्षिणी अफ्रिकामा पानीको अभाव बढी छ ।
पूर्वी र दक्षिण अफ्रिकामा ५८, पश्चिम र मध्य अफ्रिकामा ३१, दक्षिण एसियामा २५ र मध्य पूर्वमा २३ प्रतिशत बालबालिकाले पानीको अभावको सामना गर्नुपरेको पाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया