सरकारी भवन नै बिना इजाजत निर्माण

लोकपथ
0
Shares

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माण भएका सरकारी भवनको निर्माण सम्पन्न प्रमाणपत्र छैन । निर्माण सम्पन्नताको प्रमाणपत्र लिनुपर्ने चासो पनि राखिएको छैन । भवन निर्माण गर्दा अनिवार्य नक्सा ‘पास’ गर्नुपर्ने र भवन निर्माणपछि मापदण्डअनुसार भए÷नभएको जाँच गराई निर्माण सम्पन्नता प्रमाणपत्र लिनु÷दिनुपर्ने नियम छ ।

हालसम्म २० हजार सर्वसाधारण महानगरवासीले आफ्नो भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र लिइसकेका छन् तर सिंहदरबार परिसरका भवनले न नक्सा पास गराएका छन् न निर्माण सम्पन्नता प्रमाणपत्र नै लिएका छन् । भवनको सुरक्षाका लागि बीमालगायतका लागि पनि निर्माण सम्पन्न आवश्यक पर्छ ।

भवन निर्माण इजाजत विभाग प्रमुख सुरज शाक्यका अनुसार, सिंहदरबारमा विभिन्न मन्त्रालय सञ्चालनमा आएका भवनको नक्सा पासका लागि आवेदन आएकै छैन । भवन निर्माण सम्पन्नता प्रमाणपत्रका लागि आवेदन पनि परेको छैन । सिंहदरबार भित्रका यी भवनको अभिलेख काठमाडौँ महानगरपालिकासँग छैन । इन्जिनियर शाक्यका अनुसार सरकारी भवनले पनि नियमअनुसार नक्सा पास गराएर निर्माण सम्पन्नता प्रमाणपत्र लिनु आवश्यक छ । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?