काठमाडौं । बंगलादेशसँगको पहिलो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्डले जित निकालेको छ । डुनीडिनमा घरेलु टोली न्युजिल्याण्डले बंगलादेशलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४१ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३१ रन मात्रै बनायो । उसका लागि महमुदुल्लाहले २७ र लिटन दासले २३ रन बनाए । न्युजिल्याण्डका ट्रेन्ट बोल्टले ४ विकेट लिए ।
बंगलादेशले दिएको १ सय ३२ रनको लक्ष्य न्युजिल्याण्डले २१ ओभर २ बलमा २ विकेट गुमाएर भेट्टायो । उसका लागि हेनरी निकोल्सले नटआउट ४९ रनको योगदान दिए । यस्तै मार्टिन गुप्टिलले ३८ रन बनाए । जितसँगै न्युजिल्याण्डले तीन खेलको एकदिवसीय सिरिजमा १-० को अग्रता लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया