काठमाडौं । पछिल्लो समय भारतमा कोरोना संक्रमण पुनः तीब्र रुपमा फैलिदै गएको छ । दिनप्रति दिन संक्रमण बढ्दै गएपछि भारतस्थित मध्य प्रदेशका तीन सहरमा लकडाउन लागू गरिएको छ। शुक्रबार मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वास्थ्य अधिकारीहरुसँग छलफल गरेर लकडाउन गर्ने निर्णय गरेका हुन् ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार शनिबारदेखि भोपाल, इन्दौर र जबलपुरमा कलडाउन लागू हुनेछ। यी तीन सहरको विद्यालय, कलेज पनि मार्च ३१ सम्म बन्द रहने जनाएको छ ।
राज्यमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। पुनः गम्भीर अवस्थाबाट गुज्रन नपरोस् भनेर लकडाउन लागू गरेको हुँ। सबैले कोरोना संक्रमणबाट बच्च अनिवार्य मास्क लगाइदिनुहोला र सामाजिक दूरी कायम गरि दिन मुख्यमन्त्री चौहानले सबैलाई आग्रह गरेका छन् ।
लकडाउन राति साढे १० बजेदेखि बिहान ६ बजेसम्म लागू हुनेछ। यस समय अतिआवश्यक क्षेत्र भने सञ्चालन गर्न दिइनेछ। यता मुख्यमन्त्री चौहानले कृषकहरूलाई बालीनाली क्षतिको भर्पाइ दिने पनि बताएका छन्।
असिना र वर्षाका कारण बालीनालीमा पुगेको क्षतिको किसानहरूले चिन्ता नलिनु । सर्वेक्षणको लागि निर्देशन दिइएको छ। सर्वेक्षण छिट्टै सुरु हुनेछ र क्षतिपूर्ति दिइनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया