अव बन्ने सरकारले ओलीले गरेका सबै नियुक्ति बदर गर्नुपर्छ : डा. महत

लोकपथ
0
Shares

काठमाडौं । कांग्रेसका केन्द्रीय सदस्य डा.रामशरण महतले ओली सरकारले हरेक क्षेत्रमा राम्रा र योग्य व्यक्तिलाई नभई अयोग्यलाई व्यक्तिलाई नियुक्ति गरेको आरोप लगाउनु भएको छ । अर्को सरकार बने ती सबै नियुक्ति बदर गर्नुपर्ने पनि उनले बताएका छन् ।

नेपाल प्रेस युनियन, (रूपन्देही) ले आज भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा डा.महतले भने, ‘संवैधानिकदेखि प्रशासनिक नियुक्तिमा योग्य मान्छे नियुक्त भएका छैनन्,दलहरूबीच सहमति भएर अर्को सरकार बन्यो भने ती नियुक्ति बदर गर्नुपर्छ।

डा‍.महतले केपी शर्मा ओली नेतृत्वको सरकारले कनिष्ठ व्यक्तिलाई नियुक्ति दिएर राज्य कोषको दुरुपयोग गरेको आरोप लगाए। यही कारण मुलुकको विकासले गति लिन नसकेको उनको आरोप छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?