पर्सा । कोरोना महामारीमा खटिए बापतको जोखिम भत्ता नपाएको भन्दै वीरगन्जको नारायणी अस्पतालका स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन् । कोरोना जोखिमको बेला काम गरेको बापतको रकम सरकारले अस्पतालको खातामा पठाइसकेपनि अस्पताल प्रशासनले वितरण नगरेको भन्दै उनीहरु विरोद्धमा उत्रिनु परेको नारायणी अस्पतालका डा. उदयनारायण सिंहले बताए ।
महामारीका बेला ज्यानको समेत प्रवाह नगरी घरपरिवारबाट महिनौसम्म टाढा बसेर काम गरियो । तर अहिलेसम्म पनि जोखिम भत्ता नदिइएकाले आन्दोलिन गर्नु परेको उनको भनाइ छ ।अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीगरी करीब ४ सय जनाले साउनदेखि यताको जोखिम भत्ता पाएका छैनन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. संजय ठाकुरले भने जोखिम भत्ता अस्पतालका सबै स्वास्थ्यकर्मी र कर्मचारीले माग गरेका कारण वितरण गर्न समस्या भएको बताए । जोखिम भत्ताको लागि कोभिडका बेला काम गर्ने कर्मचारीको डिउटी प्रमाणित गर्न एउटा समिति पनि बनाइएको र उक्त समितिले डियुटी प्रमाणित गरेर लगतै जोखिम भत्ता वितरण गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया