हराइरहेको सीमा स्तम्भ भेटियो

लोकपथ
0
Shares

झापाको कचनकवल गाउँपालिका ४ पूर्व लोडावारी र भारततर्फ किसनकंज जिल्ला ताप्फुवा पंचायत सुरुभिट्टा नेपाल भारत सीमा ईलाकामा रहेको सीमा स्तम्भ बाढीको कारण विगतमा हराईरहेकोमा सशस्त्र प्रहरीको टोलीले फेला पारेको छ ।

सीमा स्तम्भ नम्बर ११९/८ (सानो) खोलाले बगाई हराईरहेको थियो । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट केचना झापाबाट सशस्त्र प्रहरी निरीक्षक भक्तबहादुर थापाको कमाण्डमा खटिएको एपीएफ टोलीले उक्त सीमा स्तम्भ सोही स्थानमा खोलाले पुरिएको अवस्थामा शुक्रबार फेला पारिएको हो ।
सो सीमा स्तम्भ मर्मत गर्नुपर्ने अवस्थामा रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?