काठमाडौं । शनिवार (हिजो) मेराकी, होलिस्टिक वेलनेस रिट्रटको प्राँगणमा प्रि–लन्च कार्यक्रम सम्पन्न भएको छ ।
मेराकी, होलिस्टिक वेलनेस रिट्रट नेपालमा प्रिमियम र स्टेट–अफ–द–आर्ट वेलनेस थेरापी तथा आकर्षक आवासीय सेवा प्रदान गर्ने होलिस्टिक हिलिङ रिट्रिट हो ।
यहाँ उपस्तिथहरुलाई आफ्नो मन, शरीर, र आत्मालाई पुनप्र्राप्ति गर्न प्राकृतिक चिकित्सा माध्यमबाट सर्टिफाइड विशेषज्ञहरुले होलिस्टिक वेलनेस, प्राणिक हिलिङ, योगा, लगायत अन्य थेरापीहरुद्वारा मार्गदर्शन गर्ने जनाइएको छ ।
शिवपुरी डाँडा र बुढानिलकण्ठमा सुन्दर तथा निर्मल वातावरणमा अवस्थित मेराकी तपाईंको आवश्यकता पूरा गर्न विभिन्न थेरापीहरुका साथै शुद्ध खानाहरुले तपाईंको जीवनशैलीमा परिवर्तन ल्याउन तयार रहेको छ ।
तपाईंलाई पुनर्जागरण गराउन प्रि–लन्च
तपाईंले आफ्नो शरीरको बारेमा थप जानकार हुँदै आध्यात्मिक, मानसिक र शारीरिक कमजोरीहरु सम्बन्धित विषेश तालिम पाइनेछ ।
साथै, प्राकृतिक चिकित्सीय प्रणालीबाट नेपालको पहिलो विलासी वेलनेस रिट्रिट गन्तव्यमा तपाईंले पूर्ण स्वास्थ्यलाभको फाइदा उठाउन सक्ने बताइएको छ । साथै तपाईंले नेपाल सरकार र विश्व स्वास्थ संगठनको सुरक्षा मापदण्डभन्दा अझ बढी सुरक्षित नीतिहरु अपनाएको अनुभव गर्न सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया