काठमाडौं । गत हप्ता केही ठूला व्यसायी नेपाल कम्युनिष्ट पार्टी(एमाले) मा प्रेश गरेका छन् ।
राजनीति मार्फत् मुलुकको समग्र आर्थिक विकास गर्न भन्दै केही व्यवसायीहरु एमालेमा प्रवेश गरेको बताएका छन् ।
व्यवसायीहरुले खासगरी तटस्थ रहेर आफ्नो व्यापार व्यवसाय गर्नुपर्नेमा राजनीतिक दलको फेर समात्ने क्रम बढ्न थालेको छ । एमाले प्रवेश गरेका नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष किशोर प्रधानले समृद्ध नेपाल सुखी नेपालीको सपना साकार बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउने गरी व्यवसायीहरु एमाले प्रवेश गरेका बताए । प्रधानसहित २ सय ३५ जना ठूला व्यवसायी एमालेमा प्रवेश गरेका छन् । यति ठूलो संख्यामा ठूला व्यवसायी एकै पटक पार्टी प्रवेश गरेको यो पहिलो पटक हो । व्यवसायीहरुको यो कदमलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको ‘उद्योगी व्यवसायीसँग प्रधानमन्त्रीको छलफल’ विषयक कार्यक्रममा व्यवसायीहरु यति ठूलो संख्यामा पार्टी प्रवेश गरेका हुन् । प्रधानसहित २ सय ३५ जना उद्योगी व्यवसायीलाई बालुवाटारमा आयोजित कार्यक्रम पार्टी प्रवेश गराइएको हो । प्रधानसँगै सिताराम अग्रवाल, हितेश गोल्छा, पुनम ब्यास, कृष्ण प्रसाइँ, मदन मित्तल, अजय सरावगी लगायतका उद्योगी व्यवसायी एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्ने सबै व्यवसायीलाई प्रधानमन्त्री ओलीले खादा ओढाएर पार्टी प्रवेश गराएका थिए ।
प्रधानको चित्त कांग्रेससँग दुखाई
एमाले प्रवेश गरेका प्रधान यसअघि कांग्रेस थिए । उनका बाबु कांग्रेसका कार्यकर्ता थिए । उनले विगतमा आफ्नो साहानुभूति कांग्रेसमा रहेको बताएका थिए । महासंघ गैर–राजनीतिक संस्था भएपनि पछिल्ला केही निर्वाचनमा चरम राजनीति हावी भएको देखिन्छ । पछिल्लो समय प्रधानले कांग्रेससँग नराम्रोसँग चित्त दुःखाएका बुझिएको छ ।
गत मंसिरमा भएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा प्रधानले वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरेका थिए । उनका प्रतिस्पर्धी व्यवसायी चन्द्र ढकाल थिए । निर्वाचनको नतिजा आउनु अगावै ढकालले आफ्नो जीत निश्चित भएको बताउँदै आएका थिए । नतिजा सार्वजनिक भएपछि ढकालको जित भयो । प्रधानलाई कांग्रेसले सहयोग गर्ने भन्ने थियो ।
पार्टीको समर्थनमा आफ्नो विजयी निश्चित मानेका प्रधानले हार खानु प-यो । यसको मतलव कांग्रेसले उनलाई सहोग नै गरेन । जसले गर्दा उनी दोस्रो पटक पनि वरिष्ठ उपाध्यक्षमा पराजित हुनुप-यो । त्यसैको चित्त दुखाई थियो प्रधानलाई । त्यहि पीडा शान्त पार्न अहिले उनी एमालेमा प्रवेश गरेका उनी निकट ब्यवसायीको भनाई छ । प्रधान पहिलो पटक हालका महासंघका अध्यक्ष शेखर गोल्छासँग पनि वरिष्ठ उपाध्यक्षमा पराजित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया