काठमाडौं । मुख्य राजनीतिक दलहरूभित्र नेताहरूबीच कुर्सी र अहमको तीव्र टकराव बढेको छ । ती सबै दलमा ठाडा धाँजाहरू परेका छन् । गत फागुन २३ को फैसलाले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि सत्तारूढ नेकपा विघटन भएर ती दुई दल वैधानिक रूपले नै अलग भए । यसरी अलग भएका दुवै दल थप चिरा परेर चार मुख्य गुटमा विभक्त छन् ।
एमालेभित्र प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच एकअर्कालाई ‘ठेगान लगाउने’ अभियान उत्कर्षमा छ ।
माओवादी केन्द्रबाट एक चोइटो छुट्टिएर एमालेको ओली गुटमा विलय भएको छ । बल्ल एकता भएको भनिएको जसपा एकता प्रक्रिया टुङ्गोमा नपुग्दै ओली सरकार बचाउने र हटाउने मुद्दामा विभाजित भएर फुटको संघारमा छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको निरन्तरको मतभेद पार्टी विभाजनको हदमा नपुगे पनि स्वार्थको लडाइँ अक्सर सतहमै देखिइरहन्छ । तथापि, यो लेख मूलतः नेपालको कम्युनिस्ट वा वामपन्थी आन्दोलनका प्रवृत्तिमा केन्द्रित रहनेछ ।
यी सबै, अनेकौं फुँदा–फुर्कासहितका कम्युनिस्ट वा वामपन्थी भनिने दल वा गुटहरूबीचको आरोप–प्रत्यारोप, चरम अराजनीतिक गालीगलौज र हिलो छ्यापाछ्याप अथवा दल विभाजन र एकताका पछाडि अनगिन्ती पटकथा छन् । प्रहसनजस्ता राजनीतिक नाटक ‘फरक विचार’ वा ‘गम्भीर मतभेद’ आदिको आडम्बरमा निरन्तर मञ्चन भइरहेका छन् ।
तथ्यचाहिँ के भने, ती सबै गुट र समूहहरूमा समान रूपले सर्वथा अनुपस्थित तत्त्वचाहिँ ‘विचार’ र ‘मत’ नै हो । यथार्थमा, नेपालको कम्युनिस्ट राजनीति यसरी समग्रमा सैद्धान्तिक विघटनको वर्तमान अधोविन्दु (नेडिर) अथवा दर्शन, विचारधारा वा मतशून्य अवस्थामा आइपुग्नुको परिणति नै अहिलेको अराजकता हो । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया