एकाबिहानै प्रचण्डको कडा आलोचना गर्दै सूर्य थापाले फर्काए जवाफ

लोकपथ
0
Shares

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको कडा आलोचना गरेका छन् ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले केपी ओली २५ औं वर्षदेखि विदेशीबाट पालित पोषित व्यक्ति भएको आरोप लगाएका थिए ।

त्यस अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सल्लाहकार थापाले सोमबार बिहानै ‘रिसाएको बिरालोले खाबो चिथोर्छ’ भन्दै प्रचण्डको मनोदशा क्रमशः बिथोलिएर पूर्वाग्रह र द्वेषको दलदलमा भासिएको आरोप लगाएका छन् ।

‘पुष्पकमल दाहालको मनोदशा क्रमशः बिथोलिएर पूर्वाग्रह र द्वेषको दलदलमा यसरी भासिएको छ कि डिप्रेसनमा फस्दै जाँदा शायद यस्तैयस्तै मनोदशा प्रकट हुने गर्छ’, सल्लाहकार थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘विगतमा दस बर्ष सशस्त्र आन्दोलन गरेर १७ हजार नागरिकको जीवनलीला समाप्त गर्दा, नेपालका भौतिक पूर्वाधारमा बम ब्लास्ट र आगजनी गरी बिध्वंस पारेर देशलाई ५० बर्ष पछाडि धकेल्ने कृत्य गर्दा, अनि हिंसा मच्चाउँदा उहाँलाई कसले पालित पोषित गरेर कहाँको पावनभूमिमा सुरक्षित गरेको थियो ?’

उनले नोयडा, दिल्ली, सिलिगुडी, लखनउ, पटना, पञ्चाय, गोरखपुरआदि ठाउँ कहाँ पर्छन् भन्ने प्रश्न गर्दै भनेका छन्, ‘जहाँ उहाँले नेपालका विभिन्न नेताहरूलाई भेट्न बोलाउने गर्नुभएको थियो ? र, १२ बुँदे समझदारी कहाँ भएको थियो ? उहाँले कसको सुरक्षा र ज्वाइँ सत्कारमा त्यहाँ जिविकोपार्जन गर्नुभएको थियो ?’

उनले नेपालका विद्रोही नेता कहाँ र कसको पोल्टामा पालितपोषित र सुरक्षित थिए भन्ने प्रश्न समत गरेका छन् ।

उनले अरुको आलोचना गर्नुभन्दा ऐनामा आफ्नो अनुहार हेर्न भन्दै प्रचण्ड र केपी ओलीको तुलना हुन नसक्ने बताएका छन् । ‘आज जनताले कसरी लिने गरेका छन् ? तपाईंको केपी शर्मा ओलीसँग तुलना हुने त कुनै पक्ष त छ ? राम्रोसँग हेक्का राखेर लज्जाबोध गर्नु श्रेयस्कर होला ?’, उनले प्रचण्डलाई जबाफ फर्काएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?