जंगी अड्डा कडा रूपमा प्रस्तुत, एकपछि अर्को उच्च सैनिक अधिकृत फन्दामा

लोकपथ
0
Shares

गलत क्रियाकलापमाथि जंगी अड्डा कडा रूपमा प्रस्तुत हुँदा उच्च सैनिक अधिकारी धमाधम कारबाहीको भागीदार बनिरहेका छन् । गत वैशाखयता मात्रै विभिन्न अभियोगमा अवकाश प्राप्तसमेत गररे ४७ जना उच्च सैनिक अधिकृतमाथि कारबाही भएको छ ।

यति धेरै संख्यामा उच्च सैनिक अधिकृत कारबाहीमा परेको यो पहिलोपटक हो। यही अवधिमा अवकाश प्राप्त उपरथी सुधीर श्रेष्ठले अनियमितता गरेबापत बिगो भर्नुपरेको छ भने सहायक रथीहरू सुरेन्द्रसिंह रावल चेन अफ कमान्ड नमान्दा, प्रयोगजंग राणा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुर र पंकज कार्की यौन दुव्र्यवहार अभियोगमा बर्खास्त भए ।

नेपाली सेनाका अनुसार २०७७ वैशाखपछि फागुन अन्त्यसम्ममा रथीवृन्द तथा अधिकृत गरेर ४७ र पदिक तथा अन्य दर्जाका ९ सय ३७ जनाले दण्ड सजाय पाएका छन्। कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?