दुईदिने राजकीय भ्रमणका लागि बंगलादेश जाँदै राष्ट्रपति भण्डारी

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दुईदिने राजकीय भ्रमणका लागि बंगलादेश जाँदै छिन् । गणतन्त्र स्थापनापछि राष्ट्रपतिको पहिलो बंगलादेश भ्रमण हुन लागेको हो । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले बंगलादेशका समकक्षी मोहम्मद अब्दुल हमिदलगायतका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । भने साथै दुई देशका वाणिज्य र पर्यटन सचिवहरूबीच चारवटा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

समकक्षी हमिदको निमन्त्रणामा जान लागेकी राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपिता शेख मुजिब्बर रहमानको सयौँ जन्मजयन्ती तथा बंगलादेश स्वतन्त्रताको ५०औँ वर्षगाँठका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुनेछिन् ।

उनको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्रसचिव भरतराज पौड्याल, बंगलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्र, वाणिज्यसचिव दिनेश भट्टराई, पर्यटनसचिव यादव कोइरालासहित २७ जना रहनेछन् । नेपाल एयरलाइन्सको विशेष विमानबाट बंगलादेश जान लागेकी राष्ट्रपति भण्डारी मंगलबार अपराह्न स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?