काठमाडौं । दशरथ रंगशालामा चैत १० देखि १६ गतेसम्म हुने त्रिदेशीय फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो। प्रतियोगितामा नेपालसहित बंगलादेश र किर्गिस्तानको यू–२३ टोलीले प्रतिस्पर्धा गर्नेछन्। बंगलादेश र किर्गिस्तान टोली काठमाडौं आइसकेका छन्। नेपालले १२ गते किर्गिस्तान र १४ गते बंगलादेशसँग खेल्नेछ।
नेपालले सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप छनोट खेलको तयारीका लागि त्रिदेशीय फुटबल आयोजना गरेको एन्फाका प्रवक्ता किरण राईले बताए। राईका अनुसार दशरथ रंगशालाको मैदान मर्मतलगायत तयारी पूरा भएको छ। नेपाली टोलीले उपाधि जित्ने लक्ष्यका सात तयारी गरिरहेको पनि राईले बताए। यस प्रतियोगिताका लागि एन्फाले करिब १ करोड रुपैयाँ खर्च गर्नेछ।
जसमा दर्शक टिकटबाट १ करोड ५० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ ।
विजेता टोलीले पाँच हजार र दोस्रो हुने टोलीले तीन हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ। उत्कृष्ट खेलाडीलाई पाँच सय र म्यान अफ दी म्याचलाई २ सय ५० अमेरिकी डलर प्रदान गरिने एन्फाले जनाएको छ। प्रतियोगिताका खेल राउन्ड रोविन लिगका आधारमा हुनेछ। शीर्ष दुई टोली फाइनलमा भिड्नेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया