नेपालमा कोरोना संक्रमण बढ्दै, वीरगन्जमा भेटिए एकै दिन १० जना संक्रमित

लोकपथ
0
Shares

पर्सा । भारतमा कोरोना संक्रमण बढे्सँगै सरकारले नेपालमा पनि स्वास्थ्य सुरक्षा सतर्कता बढाउन आग्रह गरेकै दिन वीरगन्जमा १० जनामा कोरोना संक्रमित भेटिएका छन् । वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा आइतबार ५० जनाको पीसीआर परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

नारायणी अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सरोज रोशन दासका अनुसार पर्सा जिल्लाका विभिन्न स्थानबाट संकलन गरिएका ५० जनाको स्वाब परीक्षण गर्दा पर्साको वीरगन्ज महानगरका ३, बाराका ६ र झापाका १ जना गरी १० जनामा संक्रमण भेटिएको पाइएको छ ।

५० जनाको परीक्षण गर्दा ती मध्ये १० जनामा संक्रमण भेटिनुले वीरगन्जमा फेरि संक्रमण बढेको भन्न सकिने अवस्था भएको उनले बताए। उनले भने,‘संक्रमण नियन्त्रणमा आएपछि विगत ३–४ महिनादेखि दिनहुँ फाट्ट फुट्ट रुपमा २ वा ३ जनामा मात्र संक्रमण भेटिने गरेको थियो तर आइतबार ५० जनामध्ये १० जनामै संक्रमण भेटिनु चिन्ताको विषय हो।

यसले फेरि संक्रमण बढ्न थालेको संकेत भन्ने सकिने अवस्था छ। स्वास्थ्य कार्यालय पर्साका अनुसार पर्सा जिल्लामा आइतबारसम्म संक्रमण पुष्टि हुनेको संख्या ३ हजार २ सय ३० पुगेको छ। तीमध्ये ५३ जनाको मृत्यु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?