एमबाप्पेको दुई गोलमा पीएसजी विजयी

लोकपथ
0
Shares

काठमाडौं । साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा सहज जित हात पारेको छ ।

आइतवार राति भएको खेलमा पीएसजीले लियोनलाई ४-२ गोल अन्तरले पराजित गरेको हो । एमबाप्पेको दुई गोलमा पीएसजीले सहज जित हात पारेको हो ।

लियोनको मैदानमा १५ औं मिनेटमा एमबाप्पेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ३२ औं मिनेटमा डानिलो पेरिएराले गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।

Image

४७ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दा पीएसजी ३-० ले अघि रह्यो । खेलको ५२ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि पीएसजी ४-० ले अघि रह्यो ।

खेलको ६२ औं मिनेटमा इस्लाम स्लिमानीले गोल गर्दै लियोनलाई ४-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ८१ औं मिनेटमा लियोनका म्याक्स्वेल कोर्नेटले गोल गरेपनि पीएसजी ४-२ ले विजयी भयो ।

लियोनविरुद्ध दुई गोल गरेसँगै २२ वर्षीय एमबाप्पे फ्रेन्च लिग वन फुटबलमा १०० गोलको कोशेढुंगा पूरा गर्ने सर्वाधिक युवा खेलाडी चुनिए ।

जितपछि पीएसजी लिगको शीर्ष स्थानमा समेत उक्लिएको छ । पीएसजीले ३० खेलमा ६३ अंक जोडेको छ ।

लियोन ६० अंकसहित तेस्रो स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?