काठमाडौं । अमेरिकाको इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कले उनका गाडी चीनमा जासुसीका लागि प्रयोग नगरिएको बताएका छन् ।
चिनियाँ व्यापारीको एउटा कार्यक्रममा बोल्दै मस्कले चीनमा जासुसीका लागि प्रयोग गरिएको तथ्य पुष्टि भए आफ्नो कम्पनी बन्द गर्न तयार भएको बताएका हुन् ।
यसअघि चीनियाँ सेनाले टेस्ला कारमा राखिएको क्यामेराले कतै गोप्य रुपमा डाटा संकलन त गर्दैन भन्दै चिन्ता व्यक्त गरेका थिए । सोहीकारण चीनियाँ सेनाले आफ्नो क्षेत्रमा टेस्ला कारको प्रयोगमाथि प्रतिबन्ध लगाइदिएको बताइएको थियो ।
टेस्लाका लागि अमेरिका पछि चीन सबैभन्दा ठूलो बजार हो । कार्यक्रममा बोल्दै मस्कले व्यापार गर्ने बेला यदि कुनै कम्पनी विदेशी जमिनमा जासुुसीजस्तो काममा संलग्न भएको पाइयो भने कम्पनीका लागि यसको प्रभाव नकारात्मक र असाध्यै खराब हुने बताएको बीबीसीले जनाएको छ ।
उनले यदि हाम्रा कारले चीन वा कुनै अन्य देशमा जासुसी गरिरहेको पाइए हामीले कम्पनीलाई बन्द गर्न तयार रहेको पनि बताए ।
लामो समयलेखि चीनमा काम गरिरहेका ठूला अमेरिकी कम्पनीको उपस्थितिको विषयमा खिचातानी जारी छ । चीन र अमेरिका, दुनियाका दुई सबैभन्दा ठूलो अर्थव्यवस्था हुन् र हालको समयमा दुबै देशको सम्बन्ध अहिलेसम्म सबैभन्दा तनावपूर्ण परिस्थितिमा छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया