काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा अोलीमाथि लगाएको आरोपबारे टिप्पणी गरेका छन् ।
आज सोमवार ट्वीटरमा लेख्दै अध्यक्ष थापाले दुई पटक प्रधानमन्त्री भइसकेका प्रचण्डले अोलीमाथि लगाएको ‘वर्षौदेखि विदेशीबाट पालित पोषित एजेन्ट’ भन्ने आरोपपछि आफू आश्चर्यमा परेको बताएका हुन् । उनले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन कायमै राखेको अवस्थामा प्रचण्डको उक्त अभिव्यक्ति लाजमर्दो भएको प्रतिक्रिया दिएका छन् ।
उनले लेखेका छन्, ‘दुई पटक प्रधानमन्त्री भइसकेका प्रचण्डजीले केहीदिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशको प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बर्षौदेखि विदेशीबाट पालित पोषित एजेन्ट’ भनि आरोप लगाएको सुन्दा आश्चर्य लागेकोछ । यस्तो गंभीर आरोप लगाउने,तर सरकारलाई दिएको समर्थन कायम राख्ने ! लाजमर्दो राजनीति’,
केही दिन अघि एक सार्बजनिक कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओली वर्षौंदेखि विदेशीहरुले हुर्काएको, पालित पोषित नेता भएको अभिव्यक्ति दिएका थिए । त्यसैमा टिप्पणी गर्दै अध्यक्ष थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।
२पटक प्रधानमन्त्री भइसकेका प्रचण्डजीले केहीदिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशको प्रधानमन्त्री @kpsharmaoli लाई 'बर्षौदेखि विदेशीबाट पालित पोषित एजेन्ट' भनि आरोप लगाएको सुन्दा आश्चर्य लागेकोछ।यस्तो गंभीर आरोप लगाउने,तर सरकारलाई दिएको समर्थन कायम राख्ने! लाजमर्दो राजनीति
— Kamal Thapa (@KTnepal) March 22, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया