काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सातै प्रदेशमा ‘हाइ पर्फमेन्स क्रिकेट क्लिनिक’ कार्यक्रमको आयोजना गर्ने भएको छ । क्यानले राष्ट्रिय खेलकुद परिषद (राखेप) सँगको सहकार्यमा सातै प्रदेशमा ‘हाइ पर्फमेन्स क्रिकेट क्लिनिक’ को आयोजना गर्ने भएको हो ।
क्यानले मार्च र अप्रिल भित्र सातै प्रदेशमा क्रिकेट क्लिनिक संचालन गरिने जनाएको छ । चार दिने क्रिकेट क्लिनिकमा सहभागीलाई राष्ट्रिय टिमका मुख्य प्रशिक्षक देभ वाटमोरले प्रशिक्षण दिने छन् ।
क्रिकेट क्लिनिकका लागि सात प्रदेशका प्रशिक्षक स्थानीय खेलाडीहरु छनोट गर्ने छन् ।
क्रिकेट क्लिनिकको शुरुवात प्रदेश-१ बाट हुनेछ । प्रदेश-१ मा मार्च २४ बाट क्लिनिक शुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया