शिखर इन्स्योरेन्सको १५ औँ र १६ औँ साधारणसभा सम्पन्न

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले १५ औँ र १६ औँ वार्षिक साधारणसभा आज (सोमवार) सम्पन्न गरेको छ ।

कम्पनीको आर्थिक वर्ष २०७५-७६ र २०७६-७७ गरी दुवै वर्षको वार्षिक साधारणसभा थापाथलीस्थित कम्पनीको आफ्नै मुख्य कार्यालय भवन शिखर बिज सेन्टर परिसरमा सम्पन्न गरेको हो ।

संचालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५-७६ र २०७६-७७ को संचालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको कम्पनीले जनाएको छ ।

यस्तै, ती दुवै आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरणउपर छलफल गरी सोलाई समेत पारित गरेको छ । सभाले २०७७-७८ का लागि लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने तथा आर्थिक वर्ष २०७६-७७ को लेखापरीक्षकको नियुक्ति पनि अनुमोदन गरेको कम्पनीले जनाएको छ ।

संचालक समितिबाट प्रस्ताव गरिएको २०७७ असार मसान्तसम्म कायम सेयर पूँजीमा ३६.१ प्रतिशत (आ.व. २०७७-७८ मा बाँडफाँड गरिएको हकप्रद शेयरपश्चात कायम हुने शेयर पूँजीमा २७.७६(प्रतिशत हुने)का दरले ३८१, ६८९, १२७ (अठ्तीस करोड सोह्र लाख उननब्बे हजार एकसय सत्ताइस मात्र)को बोनस शेयर पारित गरेको छ । यस्तै, सो बोनस शेयरको कर प्रयोजनार्थ २०७७ असार मसान्तसम्म कायम शेयर पूँजीमा १.९ प्रतिशत (आ.व.२०७७ ७८ मा बाँडफाँड गरिएको हकप्रद शेयर पश्चात कायम हुने शेयर पूँजीमा १.४६२ प्रतिशत हुने)का दरले नगद लाभांश  २,००,८८,९०१ (दुई करोड अठासी हजार नौसय एक मात्र) वितरणको प्रस्ताव समेत पारित गरेको कम्पनीले जनाएको छ ।

साधारणसभाबाट कम्पनीको अधिकृत पूँजी वृद्धि गरी ४,०००,०००,००० (चार अर्ब) पुर्याउने प्रस्ताव समेत पारित गरेको छ । सोही बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावली पनि संसोधन गर्ने अजेण्डा पारित भएको कम्पनीले जनाएको छ ।

प्रस्तावित बोनस सेयर पश्चात कायम हुने कम्पनीको चुक्तापूँजीमा संस्थापक सेयरधनीको हिस्सा ६० प्रतिशतबाट ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ४० प्रतिशतबाट ४९ प्रतिशत पुर्‍याइ संस्थापक सेयर र सर्वसाधारण सेयरको अनुपात ५१ः४९ कायम गर्ने प्रस्ताव समेत पारित गरेको कम्पनीले जनाएको छ ।

बोनस शेयरपश्चात कायम हुने कम्पनीको चुक्तापूँजीको ३० प्रतिशतको दरले हकप्रद शेयर जारीको प्रस्ताव समेत साधारणसभाबाट पारित गरेको हो ।

यसैगरी, साधारणसभाबाट सर्वसाधारण सेयरधनी समूह ‘ख का शेयरधनीबाट निर्वाचित हुने २ संचालकका लागि निर्वाचन समेत गरेको थियो । दिनेशबज्र बज्राचार्य र स्कन्दकुमार अमात्य सो समूहबाट संचालकमा निर्वाचित भएका छन् ।

साधारणसभामा संचालक समितिका अध्यक्षले नेपालमा अहिलेसम्म शिखर इन्स्योरेन्स सबै हिसाबले अगाडि रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यसरी अगाडि बढ्ने र नम्बर वान कम्पनीको प्रतिष्ठा कायम गरेर अगाडि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?