काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का प्रदेश सांसद मनिष सुमनले पार्टीले प्रधानमन्त्रीसँग सहकार्य गर्नसक्ने संकेत गरेका छन् ।
आज (सोमबार) आयोजित एक कार्यक्रममा उनले आफूहरुको माग सम्बोधन भए भने प्रधानमन्त्री केपी ओलीसँग सहकार्य हुनेसक्ने बताएसँगै जसपाले ओली सरकारलाई साथ र समर्थन दिनसक्ने संकेत बाहिरिएको हो ।
उनले जसपाका माग पूरा भयो भने केपी ओलीसँग पनि सहकार्य हुने बताए ।
सुमनले थपे, ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक, मुद्दा फिर्ता, संविधान संशोधन, रेशम चौधरीको रिहाइ र नागरिकतासम्बन्धी विधेयक संशोधनलगायत माग पूरा भयो भने गुण र दोषका आधारमा समर्थन गर्छौँ।’
केहि दिन अघि सम्म सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीको विरोध गरिरहेका सुमनले विगतमा आफूहरूसँग भएका सहमति तोडेको, भेट्न खोज्दा प्रधानमन्त्री ओलीले भेट नदिएको तर २३ फागुन पछि खोज्दै खोज्दै आफूहरूसँग भेट्न र छलफल गर्न प्रधानमन्त्री आइपुगेको कारण त्यसयता लगातार संवाद र छलफल भइरहेको खुलासा गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया