काठमाडौं । पछिल्लो राजनीतिक विषयमा छलफल गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैँछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ८ बजे बस्न लागेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा समेत छलफल गर्ने स्रोत जनाएको छ ।
स्थायी कमिटी सदस्य पम्फा भुसालका अनुसार माओवादी केन्द्रको आगामी योजनाका विषयमा बैठकमा छलफल हुनेछ । सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्युतिएपछि माओवादी पनि सत्तासीन छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउन पहिला समर्थन फिर्ता लिनुपर्ने बाध्यता माओवादीको काघंमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया