नेपाल र बंगलादेशका राष्ट्रपतिबीच ४ विषयमा समझदारी

लोकपथ
0
Shares

काठमाडौं । दुई दिने राजकीय भ्रमणका लागि बंगलादेश भएकी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा नेपाल र बंगलादेशबीच ४ विषयमा समझदारी भएको छ। राष्ट्रपति भण्डारी र बंगलादेशका मोहम्मद अब्दुल हमिदको उपस्थितिमा सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बङ्गलादेशको राष्ट्रपति कार्यालय, बङ्गबन्धु भवनमा भेटघाटपछि हस्ताक्षर कार्यक्रम भएको हो ।नेपाल र बंगलादेशबीच समझदारी भएको विषयहरुमा पर्यटन सहयोग, सरसफाइ, सांंस्कृतिक आदानप्रदान र रोहनपुर–सिंहबाद रेलमार्गसम्बन्धी रहेका छन् ।

समझदारीपत्रमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादवप्रसाद कोइराला र बङ्गलादेशी नागरिक उड्डयन सचिव मोहम्मद मकामेल हुसेन, नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई र बंगलाादेशी वरिष्ठ कृषि सचिव मोहम्मद ममाहुल इस्लाम, सांस्कृतिक मामिला सचिव बदरुल आरेफिन र वाणिज्य सचिव मोहम्मद जफार उद्दिनले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?