काठमाडौं । अमेरिकाको कोलोराडोस्थित एक सुपरमार्केटमा गोली चल्दा १० जनाको मृत्यु भएको छ ।
बोउल्डरमा रहेको ग्रोसरी स्टोरमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु भएको हो ।
घटना त्यहाँको स्थानिय समय अनुसार २:३० मा भएको हो । उक्त घटनामा एक प्रहरी अधिकारीकोसमेत मारिएको बीबीसीले जनाएको छ ।
घटना पश्चात प्रहरीले बन्दुकधारीलाई पक्राउ गरेको छ । आक्रमणको विस्तृत विवरण सार्वजनिक नभएको बीबीसीले जनाएको छ ।
अमेरिकामा बन्दुक नियन्त्रण गर्नेबारे ठोस कानुन नभएका कारण वर्षेनी हुने अन्धाधुन्दा गोली प्रहारबाट निर्दोष नागरिकले ज्यान गुमाउने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया