काठमाडौं । सूचना र समाचारका लागि मोबाइल मानिसको जीवनको अभिन्न अंग जस्तै बनेको छ । इन्टरनेटको पहुँच पुगेको स्थानमा मोवाइलबाट धेरै कुरा पढ्न,हेर्न र सुन्न सकिन्छ । मोबाइलको महत्वको कुरा गर्दा विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीमा विद्यार्थीले घरमै बसेर विद्यालयको पढाइ मोबाइलमार्फत् गर्नुपर्यो।
साथमा मोबाइल नहुँदा एक दिन पनि बिताउन नसकिने अवस्था आएको छ। मोबाइलको प्रयोगले मानिसको जीवनलाई निकै सहज बनाइदिएको छ । तर मोवाइलको सही सदुपयोग गर्न जानिएन भने यसले जीवनमा अकल्पनीय दुर्घटना समेत निम्त्याउन सक्छ र नसोचेको घटना एक्कासी हुने गर्छ । धेरैजसोले मोबाइल चार्जमा राखेर चलाउने गर्छन् । तर यस्तो बानीले बेला– बेलामा गम्भिर घटना हुने गर्छ ।
आजैमात्र मोबाइल चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार जिल्लाको मङ्गलसेन नगरपालिका – १ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको हो । मृतक नाथ स्थानीय कुन्ति माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्यनरत थिइन् । मोबाइल पड्किँदा गम्भीर घाइते भएकी नाथको जिल्ला अस्पताल अछाममा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोबाइल पड्किँएर मानिसले ज्यान गुमाएको यो पहिलो घटना भने होइन । विराटनगरमा पनि २०७५ पुष २८ गते यस्तै घटना घटेको थियो । आगोमा परेको मोबाइलको ब्याट्री पड्किँदा विराटनगरमा ११ वर्षिय अमित मण्डलको घटनास्थलमै मृत्यु भएको थियो भने राधिका मण्डल गम्भीर घाइते भएकी थिइन् । घरभित्र आगो ताप्ने क्रममा मोबाइल आगोमा परेको थियो । गम्भीर घाइते राधिकाको विष्फोटका कारण शरीरका विभिन्न अंगमा क्षति भएको थियो । घाइते राधिकाको दुवै आँखा, अनुहार, हातखुट्टामा गहिरो चोट लागेको थियो ।
त्यस्तै, भारतको तमिल्नाडुमा पनि मोबाइल पड्किँदा आमा र दुई छोराको ज्यान गएको थियो । चार्जमा राखेको मोबाइल एक्कासी पड्किदा एकैघरका ३ जनाको मृत्यु भएको थियो ।
मानिसले आफैले गरेको सानो गल्तीका कारण ज्यान गुमाइरहेका छन् । मोबाइल चार्ज गर्दा विशेष ध्यान दिनुपर्छ । जस्तो कि मोबाइलमा चार्ज टिक्दैन भने चार्ज गर्दा फ्लाइट मोडमा राखेर चार्ज गर्नुहोुस् । यसो गर्नाले तुलनात्मक रुपमा ब्याट्री छिटो चार्ज हुन्छ । सिरानी मा मोबाइल राखेर सुत्ने बानि छ भनेपनि त्यसले खतरा निम्त्याउन सक्छ । मोबाइल फ्लाइट मोडमा कल आउने–जाने सुविधा हुँदैन । तर यसले अलार्मलाई भने कुनै बाधा गर्दैन । रातको समयमा चार्ज गर्नु छ भने मोबाइललाई बिहानीको समयका लागि तपाईले ‘वेक अप अलार्म’ राखेर सुत्न सक्नुहुन्छ ।
जसले गर्दा अलार्मले काम गर्दछ र तपाईलाई समयमै मोबाइल फोनले उठाउन मद्दत गर्दछ । तपाईलाई छिटो मोबाइल चार्ज गर्नुछ भने युएसबी पोर्ट प्रयोग नगरी विद्युतबाट चार्जरको सहायतामा चार्ज गर्नुस् । केही कम्पनीले त अन्य चार्जरको प्रयोग समेत नगर्न सुुझाव दिदैं मोबाइलका साथ उपलब्ध खास चार्जरको मात्र प्रयोग गर्न ग्राहकलाई सुझाएका हुन्छन् ।
यसले ब्याट्रीको आयुसम्बन्धी सन्तुलन कायम हुने उनीहरुको तर्क छ । कार्यालय वा कतै बाहिर हुनुहुन्छ भने जसको पायो उसको चार्जर मागेर मोबाइल चार्ज नगर्नुस् । जहिल्यै पनि आधिकारिक चार्जर बोकेर हिँड्नुहोस् र आवश्यकता अनुसार चार्ज गर्नुहोस् । अनधिकृत चार्जरले तपाईको ब्याट्रीको आयु घटाउँछ ।
मोबाइल चलाउँदा निम्न कुराहरु ध्यान दिनुहोस्:
१.सकेसम्म एउटा मोबाइल मात्र प्रयोग गरौँ ।
२.मोबाइल भाईब्रेसनमा कहिलै पनि नराखौँ।
३.सुत्ने बेला मा मोबाइल सधै बन्द गरौँ
४.सके सम्म मोबाइलमा धेरै लामो कुरा नगरौँ।
५. एक्लै घरमा हुनु हुन्छ भने हेन्ड्स फ्री मा कुरा गर्नुस या हेड सेट प्रयोग गर्नुहोस् ।
६.कसै कसैको सिरानी मा मोबाइल राखेर सुत्ने बानि छ यो तुरुन्त बन्द गर्नुस्।
यो पनि पढ्नुहोस् :
मोबाइल हरायो ? यसरी पत्ता लगाउनुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया