काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले संसदमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव नलैजाने बताएका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्तावका विषयमा कांग्रेसमा छलफल नभएको भन्दै सो प्रस्ताव नलैजाने बताएका हुन् ।
आज (मंगलवार) अशोक कोइरालाको निधनमा श्रद्धाञ्जलि तथा परिवारलाई समवेदना प्रकट गर्न विराटनगर पुगेका देउवाले सरकारविरुद्ध अविश्वासको प्रस्ताव अरुलेनै लैजाने स्पष्ट पारेका छन् ।
उनले कांग्रेस विपक्षी पार्टी भएको र तत्काल सरकारमा नजाने पनि बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया