काठमाडौं । बर्दियामा मानव बेचबिखन गर्न खोजेको अभियोगमा पक्राउ परेका छन् ।
२८ वर्षीया महिलालाई दिल्लीबाट ओमन पठाई दिने भन्दै ललाई फकाई बेचबिखन गर्न खोजेको अभियोगमा मधुबन नगरपालिका-५ गाउँ नम्बर १० बस्ने ४३ वर्षीया रुपा सुनारलाई सोमवार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले रुपालाई मधुबन नगरपालिका-८ लालीबजारबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया