काठमाडौं । बाँकेमा आफ्नै बुहारीलाई आगो लगाई फरार ससुरा ७ वर्षपछि पक्राउ परेका छन् ।
आफ्नै २३ वर्षीया बुहारीलाई मट्टीतेल छर्कि आगो लगाई फरार अभियुक्त नरैनापुर गाउँपालिका-२ बस्ने ७५ वर्षीय हनिफ शेष ढपालीलाई सोमवार प्रहरीले पक्राउ गरेको हो ।
दाईजोको निहुँमा २०७० चैत २ गते बुहारीलाई मट्टीतेल छर्कि आगो लगाई ज्यान मार्ने उद्योग गरेको मुद्दामा फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय भगवानपुर बाँकेबाट खटिएको प्रहरीले सोही गाउँपालिका- १ सुईयामा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
हाल फरार रहेका पीडितका श्रीमान र सासुको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कर्यालय बाँकेले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया