घुस लिएको आरोपमा कैलालीका रेञ्जरसहित वनका अध्यक्षविरुद्ध मुद्दा दायर

लोकपथ
0
Shares

टेक सिँह धामी/ धनगढी- कैलाली सव–डिभिजन वन कार्यालय तारानगरका रेन्जर (अधिकृत छैठौं) राम औतार चौधरीसहित एक सामुदायिक वनका अध्यक्षविरुद्ध मुद्दा दायर भएको छ ।

घुस लिने रेन्जर राम औतार चौधरी र सघाउने सीताराम सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राम रानाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

चोरीको काठसहित ट्रयाक्टर पक्राउ परेको मुद्दा मिलाइदिने भन्दै सामुदायिक वनका अध्यक्षलाई बिचौलियाको रुपमा प्रयोग गरेर ८० हजार रुपैयाँ घुस लिएको अभियोगमा चौधरी र अध्यक्षविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

रेञ्जर चौधरीलाई घुस बाफतको रकम दिलाउँन सघाउने सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रानालाई अख्तियार महेन्द्रनगर कार्यालयबाट गएको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?