सत्ता जोगाउन ओली जुनसुकै हदसम्म जान सक्छन् : भीम रावल

लोकपथ
0
Shares

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली सत्ता जोगाउन जुनसुकै हदसम्म जान सक्ने आरोप लगाएको छ । समाजिक सञ्जाल ट्वीटमार्फत प्रधानमन्त्री ओलीले नेपालको अस्मितासँग गाँसिएका विषयमा प्रतिकूल असर पर्नेगरी विभिन्न शक्तिहरूसँग साँठगाँठ गर्न तल्लीन रहेको बताए ।

उनले ट्वीट गर्दै भनेका छन्, प्रधानमन्त्री ओली नागरिकता लगायतका नेपालको दीर्घकालीन हितसँग सम्बन्धित विषयमा प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिहरूसँग साँठगाँठ गर्न तल्लीन हुनुहुन्छ । देशभक्त नेपाली सजग होऔं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?