मङ्गल ग्रहमा हेलिकप्टर उडाउने तयारीमा नासा

लोकपथ
0
Shares

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मङ्गल ग्रहमा हेलिकप्टर उडाउने भएको छ । नासाले एप्रिलको शुरुमा मङ्गल ग्रहमा हेलिकप्टर उडाउने तयारी गरिएको बताएको हो ।

हेलिकप्टर

एक महिनाअगाडि मङ्गल ग्रहको सतहमा अवतरण गरेको पर्सिभिअरन्स नामक यानसँग पठाइएको १.८ किलोको सानो हेलिकप्टरको नाम इन्जुनीइटी हो ।

दुईवटा रोटर भएको हेलिकप्टरले पातलो हावा भएको मङ्गलमा उड्ने प्रयास गर्ने छ । सफल भए त्यो राइट दाजुभाइको जस्तो समयु हुने नासाले बताएको छ ।

मङ्गल ग्रहमा हेलिकप्टरको उडानको कला

ओर्भिल र विलभर राइटले सन् १९०३ मा पहिलो पटक हावाभन्दा गह्रुङ्गो विमान पृथ्वीमा उडाएका थिए । नासाले मङ्गल ग्रहमा पठाएको हेलिकप्टरमा त्यो पहिलो उडानको पङ्खाको सानो कपडा टाँसिएको बताएको छ।

अहिले हेलिकप्टर पर्सिभिअरन्सको पेटभित्रै रहेको छ। गएको सप्ताहान्तमा यसलाई छोप्ने बिर्को भने खोलिएको छ र अबको केही दिनमा हेलिकप्टरलाई जमिनमा राखिने छ ।

नासा

हेलिकप्टरका लागि इन्जिनियरहरूले १० मिटर लम्बाइ र उत्तिकै चौडाइको क्षेत्र रोजेका छन्। त्यहाँ सो हेलिकप्टरले पाँच वटा छोटो दूरीको उडान भन्ने प्रयास गर्ने छ।

पर्सिभिअरन्सले भने ती उडानहरू क्यामरामा उतार्ने प्रयास गर्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?