केशकर्तककी छोरी बनिन् ‘सेकेण्ड लेफ्टिनेन्ट’

लोकपथ
0
Shares

काठमाडौं । नेपाली सेनामा कपाल काट्ने काम गर्ने एक केशकर्तक  (हजाम)की छोरीले सेनाको अधिकृत पदमा नाम निकालेकी छिन् । केशकर्तक सुरिन्दर ठाकुरकी छोरी चन्दा कुमारी ठाकुरले सेनाको अधिकृत क्याडेट (सेकेण्ड लेफ्टिनेन्ट) पदमा नाम निकाल्न सफल भएकी हुन् ।

सेनाको पदपूर्तिका लागि २०७६ माघ २३ गते विज्ञापन आह्वान गरेको थियो । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार अधिकृत क्याडेट छनौट परीक्षाको सिलसिलामा लिईएको विभिन्न चरणको परीक्षाहरुमा एक सय दुई जना उम्मेवारले अन्तिम नतिजाबाट अधिकृत क्याडेट पदममा छनौट भएका थिए।

उम्मेदवारहरु मध्येबाट संगिता धामी योग्यता क्रममा पहिलो हुन सफल भएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?