काठमाडौं । म्यानमारमा सैन्य ‘कू’ को विरोधी प्रदर्शनमा पक्राउ परेका प्रदर्शनकारीहरुलाई आज (बुधवार) रिहा गरेको छ । प्रदर्शनमा सहभागि ६ सय भन्दाबढी मानिसलाई रिहा गरिएको त्यहाँको जेलका एक वरिष्ठ अधिकारीले बताएका छन् ।
‘हामीले आज इन्सेन जेलबाट ३६० जना पुरुष र २६८ जना महिलालाई रिहा गरेका छौ’ कारागारका एक वरिष्ठ अधिकारीले नाम नबताउने सर्तमा बताए ।
म्यानमारमा सैनिक ‘कू’ शुरुभएयता भएका विरोध प्रदर्शनका क्रममा हालसम्म २७५ जनाको मृत्यु भएको छ । यद्यपी जुन्ता सरकारका प्रवक्ताले भने १६४ जनाको मृत्यु भएको जनाएको छ । सो प्रदर्शन क्रममा २८ सय भन्दा बढी व्यक्ति पक्राउ परेका पनि जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया