काठमाडौं । बुटवल-नारायणगढ सडक निर्माणका ठेकेदार र मजदुर पक्षबीच झडप भएको छ । आज (बुधवार) चिनियाँ ठेकेदार पक्ष र मजदुर पक्षबीच झडप हुँदा ६ जना घाइते भएका छन् ।
बुटवल-नारायणगढ सडक खण्डअन्तर्गत रजहरमा रहेकाे चिनियाँ साइड अफिसमा भएको झडपलाइ जिल्ला प्रहरीबाट खटिएका सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएको थिए । ६ जना घाइते भेटिएकोले उनीहरुलाई उद्धार गरेर अस्पताल लगिएको छ । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
नेपाली मजदुरहरुले चिनियाँ पक्षले छलफलका लागि बोलाएर एक्कासी कुटपिट गरेको आरोप लगाएका छन् । चिनियाँ ठेकेदार पक्षले माटो र डिजल चोरीको आशंकामा १३ जनाको तलब रोक्का गरेर छानबिन थालेको बताएको छ । यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया